Tikapur is  located in Kailali District of Nepal. It has total 9 wards and 118 square kilometers of geographical area. According to 2011 census, it had total population of 76,084.

नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने कैलाली जिल्लाको पुर्बी भागमा पर्ने यो ठाउं महेन्द्र राजमार्ग  देखि १४ कि.मि. दक्षिण पट्टि, भारतको सिमाना देखि १४ कि.मि उत्तर तर्फ कर्णाली नदीको पश्चिमि तटमा अवस्थित छ| प्रजातन्त्र पुनस्थापना पश्चात नगरोन्मुख गा.बि.स., गा.बि.स. हुँदै २०५३ साल माघ १७ गते एकै पटक घोषणा भएका १५ वटा नगरपालिका मध्येको एक हो भने हाल २०७३ साल फाल्गुन २७ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम साबिक टीकापुर नगरपालिका, नारायणपुर र धनसिंहपुर गा.बि.स. एकै ठाउंमा गाभिन गई हालको बृहत् टीकापुर नगरपालिकाको स्थापना भएको हो |

घना जंगल भएको यस क्षेत्रमा बस्ति बस्ने क्रममा यहाँका बस्तीहरु टिका जस्तै गरि गोलाकार रुपमा बसेकोले यस ठाउँको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ भने अर्को भनाइ अनुसार बस्ति बस्ने क्रममा जंगल फडानीको कार्य दशैंको टिकाको दिनदेखि प्रारम्भ गरिएकोले यस ठाउँको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ|

About

  • Tikapur is a Municipality in Kailali District in Sudurpashchim Province of Nepal
  • that was established in January 1997. Tikapur
  • Municipality was further expanded on 10 March 2017 through merger with the two former Village development committees Narayanpur and Dansinhapur. It lies on the bank of Karnali River.

-What to Know About Tikapur-

Scroll to Top